काठमाडौँः ट्रेकिङ्ग एजेन्सीहरुको साझा सँस्था टानका नवनिर्वाचित अध्यक्ष निलहरी बास्तोलाले विकासको नामका बनेका सडकहरुले पुराना ट्रेकिङ्ग रुटहरु भत्काएको भन्दै अब त्यसको खोजी र पहिचान गर्ने बताएका छन् । 

आइतबार भएको टानको निर्वाचनमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका बास्तोलाले प्रदेश पोर्टलसँगको कुराकानीमा पर्यटन गन्तव्यहरुको पहिचान र बजारीकरणमा आफ्नो कार्यकाललाई समर्पित गर्नेसमेत बताए । पर्यटकलाई पर्याप्त ट्रायलहरु नभएको बताउँदै बास्तोलाले ती ट्रायलहरुको खोजी गर्नुका साथै पर्यटकीय गन्तव्यहरुको पहिचान र बजारीकरण अहिलेको मुल आवश्यकता रहेको समेत आँैल्याए । ‘अबको टान प्रविधिमैत्री हुनुपर्छ भन्ने हाम्रो कुरा हो बजारीकरणको लागि पनि डिजिटल प्रणालीको उच्चतम प्रयोग हुनुपर्छ । ’बास्तोलाले भने ।  

अघिल्लो कार्यकालमा टानको उपाध्यक्ष रहेका बास्तोला प्रत्येक गाउँपालिका तथा स्थानीय सरकारसँग पर्यटनको लागि बजेट रहेको भएता पनि पर्यटनको विकासका लागि भने उक्त बजेट खर्च नहुने गरेको बताए । ‘हामी स्थानीय सरकारहरुसँग जोडिएर उहाँहरुलाई बुझाएर व्यावसायमिैत्री टान बनाउँछौँ । ’बास्तोलाले भने । टान एउटा १९ सयभन्दा बढी कम्पनीहरुको छाता संगठन भएको हुनाले व्यावसायीलाई परेका साह्रागाह्राहरुसँग सदैव साथमा हुनेसमेत बास्तोलाले प्रदेश पोर्टलाई बताए । 

पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि व्यावसायीहरले भिसा नपाउनेजस्ता समस्याहरु पनि भएको भन्दै बास्तोलाले सरकार र राजद”तावासहरुसँग समन्वय गरेर अगाडि बढ्नेसमेत बताए । नेपाल सम्प”र्ण हिसावले भ्रमणको लागि ठीक छ राम्रो छ भन्ने खबर हरेक देशका राजद”तावासमार्फत् पुर्याउन सके विदेशी पर्यटकहरु बढ्ने बताउँदै बास्तोलाले आफ्नो कार्यकालमा यस्ता कामहरु गर्ने बताए । नेपालका हिमालहरु तथा पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारका लागि फोटो बैंक तथा इ लाइब्रेरीको स्थापना गर्नुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले एउटा सानो वेबसाइट बनाउनको लागि पनि ट्रेकिङ्ग व्यवसायीहरुले फोटो किन्नैपर्ने बाध्यता रहेकाले त्यो समस्या समाधानमा आफ”ले समय खर्चिने बताए । 

‘एउटा इ लाइब्रेरी अर्थात् फोटो बैंक निर्माण गर्ने उद्देश्य लिएका छौँ जसमा पर्यटकीय गन्तव्यहरुको फोटोका साथै यससँग सम्बद्ध डकुमेन्टहरुसमेत राख्नेछौँ जसले गर्दा व्यवसायी साथीहरुलाई सहज हुनेछ ।’ नवनिर्वाचित अध्यक्षले प्रदेश पोर्टललाई सुनाए । टानले देशका सात वटै प्रदेशमा टान ट्रायल भनेर सुरु गर्ने योजनासमेत बनाएको बास्तोलाले बताएका छन् ।