इटहरीः काठमाडौँ महानगरपालिकामा केही दिनदेखि फोहोर संकलन हुन नसक्दा सडकमा फोहोर थुप्रिएर सर्वसाधारणलाई मर्का परेको भन्दै संसदको प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले फोहोर संकलन गरेको छ ।

299102262_626000262145011_8327578322272540679_n

सरकारमा सहभागी दलहरुले नागरिकका समस्याप्रति कुनै संवेदनशीलता नदेखाएको भन्दै संघले रचनात्मक विरोधस्वरुप फोहोर संकलन गरेको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । उनका अनुसार बानेश्वर क्षेत्र वरपर, रत्नराज्य स्कुल हुँदै पुरानो बानेश्वरमा रहेको फोहोर संघका कार्यकर्ताहरुको सक्रियतामा संकलन गरिएको हो ।

298478649_463116048999869_2260746618471812902_n

यसरी उठाएको फोहोर मनोहरा मल्टिप्रपोज कम्पनी प्रालिको फोहोर बोक्ने गाडीमा हालेर प्रशोधन स्थलसम्म लगिने उनले स्पष्ट पारे । फोहोर संकलनकै विषयलाई मुद्दा बनाई एमालेले संसदमा सरकारको चर्को आलोचना गरिरहेको छ ।