इटहरीः पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहितको टोलीले साँस्कृतिक भगिनी सम्बन्ध रहेको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ राई लगायतसँग भेटघाट तथा छलफल गरेको छ ।

धरान उपमहानगरपालिका कार्यालयको बैठक कक्षमा भएको भेटघाटमा फोहोरमैला व्यवस्थापनसहित दुई शहर बिचको सांस्कृतिक भगिनी सम्बन्ध र आगामी दिनमा थप सहकार्य लगायतका विषयमा छलफल भएको छ । 

293244993_1368848710309505_3961239250505817480_n

भेटघाटमा पोखरा महानगरपालिकाका प्रमुख आचार्य, वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराल तथा वडा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, सरसफाइ शाखा प्रमुख कल्पना बराल र इन्जिनियर नेत्र तिमिल्सिना तथा धरानका उपमहानगरपालिकाका प्रमुख सहित उपमेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत, पालिकाका कर्मचारीहरू, स्थानीय उद्योगी तथा व्यवसायीहरूको समेत सहभागिता थियो ।