काठमाडौँः नेकपा (एकीकृत समाजवादी) ले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकले निर्वाचन प्रयोजनको लागि नेताहरुलाई जिम्मेवारी तोकेको हो ।

297878908_1230289647762638_6444354276170591322_n

जसअनुसार निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव डा. गंगालाल तुलाधरलाई दिइएको छ ।

बैठकले घोषणापत्रको मस्यौदा तयार गर्नको लागि पार्टीका उपमहासचिवहरू डा. गंगालाल  तुलाधर, विजय पौडेल र प्रकाश ज्वालालाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यसैगरी, उम्मेदवारीको मापदण्ड र छनोट विधि बारेमा प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव वेदुराम भुसाललाई दिइएको छ ।