काठमाडौँः एकीकृत ट्रेड युनियन महासंघ नेपाल (आईसीटीयू) का प्रतिनिधि  र नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपाल बिच श्रमिकका समस्या र समाधानको उपाय विषयमा छलफल भएको छ ।

बुधबार नेकपा (एकीकृत समाजवादी)  को केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेटघाटमा पार्टीको श्रम सम्बन्ध विभाग प्रमुख उर्वादत्त पन्तको उपस्थिति रहेको थियो ।

भेटघाटमा एकीकृत ट्रेड युनियन महासंघ नेपालका महासचिव दीपक पौडेल , एकीकृत ट्रेड युनियन महासंघ नेपाल राष्ट्रिय कमिटी सदस्य दिपेश थपलिया , स्वरोजगार यातायात मजदुर संगठन का केन्द्रीय अध्यक्ष खड्गबहादुर गिरी, एकीकृत यातायात मजदुर संगठन , नेपाल का केन्द्रीय अध्यक्ष रबि केसी , एकीकृत पर्यटन मजदुर संगठन , नेपाल का केन्द्रीय अध्यक्ष प्रशान्त ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।