काठमाडौँः नेकपा (एकीकृत  समाजवादी)की सांसद पार्वती वशङ्खेले विचारले सामाजिक रूपान्तरणको क्रान्ति गर्न सक्ने बताएकी छन् ।

 प्रतिनिधिसभा बैठकमा सांसद अमृता थापाले पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा समर्थन जनाउँदै वशङ्खेले त्यस्ता विचारबाटै सामाजिक रकमान्तरण गर्न सक्ने महिला आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ लड्न सक्ने बताएकी हुन् ।

उनले बुलेटसँग परेड खेल्न सक्ने महिला आगामी निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएर कुशलतापूर्वक भूमिका निर्वाहसमेत गर्न सक्ने बताएकी छन् । नेपालको भौगोलिक अखण्डता, स्वाभिमान र सार्वभौमसत्ताको रक्षा र लोकतन्त्र एवं नागरिक स्वतन्त्रता प्राप्तिको हरेक आन्दोलनमा नेपाली महिलाको भूमिका अग्रपङ्तिमा रहेको नकार्न नमिल्ने उनको भनाइ थियो ।

त्यसैले महिलालाई विश्वास गरी महिलाको योगदानलाई सम्मान गरी आगामी निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको उचित प्रतिनिधित्व गराउन सदन र राजनीतिक दलको सकारात्मक भूमिमा आवश्यक छ ।’ उनले भनिन् । 

‘आगामी निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन कानून मस्यौदा तयारी गरिरहेको अवस्था छ । त्यसैले सदनमा अमृता थापाले प्रस्ताव गरेको ३ वटा बुँदा, एक प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीमा प्रत्येक दलले जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वबमोजिम महिलालाई उम्मेदवारी दिनुपर्ने, दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख, वडाध्यक्षमा हरेक दलले कम्तीमा ५० प्रतिशत महिलालाई उम्मेदवारी दिने विषय समावेश गर्न र तीन स्थानीय तहको वडाको निर्वाचनमा दलितको जनसंख्या नभएको स्थानमा अल्पसंख्यक वा सीमान्तकृत समुदायका महिला वडा सदस्य उम्मेदवार बनाउन आव्हान गर्ने र त्यो पनि उम्मेदवारी दिन समय सकिएको भोलिपल्ट भन्ने सुझाव निर्वाचन आयोगलाई निर्देशन गर्न म सभामुख मार्फत नेपाल सरकारलाई अनुरोध गर्दछु ।’उनले भनिन् ।