इटहरीः संघीय संसद प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा तथ्यांक विधेयक दफावार छलफल सदनमा प्रस्तुत् हुनेछ भने आजै उक्त विधेयक पारित गर्ने कार्यसूची रहेको छ । सपथसम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको जनाएको सचिवालयले शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

000744657297850038_1657889471258076_618325774369148049_n