काठमाडौँः उच्च अदालतको रिक्त २७ न्यायाधीशको आवेदन खुला गरिएकामा २७७ आकांक्षीले उमेदवारी दिएका छन् । न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड निर्माण गरी आवेदन माग गरेको थियो ।

परिषद्ले जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । त्यसमध्ये जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट १७४ र कर्मचारीबाट ४६ जनाको आवेदनमा परेको छ ।

कूल आवेदन परेकामध्ये २५५ पुरुष र १९ महिला छन् । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार आवेदन परेकाहरूको प्रारम्भिक छनोटमा गरी सूची प्रकाशित हुनेछ । -रासस