काठमाडौँः परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन् ।

मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै तीन दिनका लागि चीन भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का नेतृत्वको टोली चीनतर्फ जान लागेको हो ।

भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विषयमा छलफल हुने बताइएको छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक चीनतर्फ उच्च तहको भ्रमण हुन लागेको हो  ।

भ्रमणमा दुई मुलुकबीच सन् २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण, दुई देशबीच भएका सम्झौता कार्यान्वयन लगायत विषयमा समेत छलफल हुने मन्त्रालयले जनाएको छ ।