इटहरीः प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा मङ्सिर ४ गते सम्पन्न गर्ने निर्णयसँगै निर्वाचन आयोगले आजबाट राजनीतिक दल दर्ता सुरु गर्ने भएको छ । दल दर्ताका लागि साउन ३१ गते सम्मको म्याद दिइएको छ ।

दल दर्ताका लागि निवेदनसँगै राजनीतिक दलले आफ्नो विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या पेस गर्नुपर्नेछ । वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति उल्लेख गर्नुपर्ने आयोगले जनाएको छ । 

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि सातवटै प्रदेशका लागि छुट्टाछट्टै निवेदन पेस गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।

020440952dal darta