इटहरीः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरामाथि संसदमा विचाराधीन रहेको महाअभियोग प्रस्तावमाथि छलफल गर्न संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

“०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङ्गले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुनेछ,” सम्भावित कार्यसूचीमा उल्लेख छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ः०० बजेका लागि बैठक आह्वान गरिएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यतालिका पनि दय भएको छ ।

यसैगरी, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९ पनि आजै संसदमा पेस हुनेछ । यसका अतिरिक्त महालेखापरीक्षकको ५९ औं वार्षिक प्रतिवेदन, २०७९ पेस गर्ने कार्यसूची रहेको सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।

004923293065202389BBb