इटहरीः नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते एकै चरणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

आउँदो मंसिर ४ गते दुवै तहको निर्वाचन सम्पन्न गर्ने घोषणा गरिएको सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।