इटहरी: नेकपा एमाले धरान उपमहानगर कमिटीले उपमहानगरका मेयर हर्क साम्पाङ्गले दिएको अभिव्यक्ति निन्दनीय भएको भन्दै अविलम्ब सच्चिन आग्रह गरेको छ । 

बराह बचत तथा ऋण सहकारी पीडित संघर्ष समितिका नाममा आइतबार भएको तोडफोड र मेयर साम्पाङ्गले सामाजिक सञ्जालमा राखेका पोस्टप्रति लक्षित गर्दै एमाले धरान उपमहानगर कमिटीले निवर्तमान उपमेयर मञ्जु भण्डारी र सिंगो एमालेलाई बदनाम गर्न खोजेको बताएको छ । सहकारीले बचत फिर्ता नदिएर पीडित बनेकाहरुको बचत फिर्ताको लागि पहल गर्नुको सट्टा धरान उपमहानगरपािलकामा आइतबार भएको तोडफोडको घटनालाई लिएर राजनीतिक विषयान्तर गरी नेकपा एमालेलाई समेत मुछेको भन्दै एमालेले मेयर साम्पाङ्गको निन्दा गरेको हो  ।

premier add.

नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी बराह पीडितका विषयमा एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त विज्ञप्तिमा पीडितहरुको समस्या पहिचान र निदान गर्नुको साटो आफ्नो असक्षमता लुकाउने मनसायले यस प्रकारको कार्य नगर्न नगराउनसमेत सचेत गराइएको छ । पार्टीले धरानका नगर प्रमुख हर्क साम्पाङले बराह पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई जोडेर नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सुनसरी सहइन्चार्ज तथा पूर्वउपमेयर मञ्जु भण्डारी र सिंगो नेकपा एमालेलाई बदनाम गराउन खोजेको’ भन्दै पार्टीको तर्फबाट घोर भत्र्सना तथा खेद प्रकट गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नगर प्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानवासीको गरिमा खस्किएको छ । नगर प्रमुखको हैसियतमा दलीय व्यवस्था, संघीयता र जातीयताप्रति विद्वेश फैलाउने कार्य निन्दनीय छ ।’ गएको साउन १५ गते आक्रोशित पीडितहरुले तोडफोडमा उत्रिनु गलत कार्य भए पनि धरान नगरप्रमुख हर्कराज साम्पाङले बराह सहकारीका पीडितहरुले प्रश्न उठाएको विषयमा दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण उक्त घटना घटेकाले त्यसको जिम्मेवारी स्वयम स्थानीय सरकार प्रमुखले लिनुपर्ने बताउँदै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले कार्यापालिकामा उठाएका छलफलका विषयहरुलाई पनि गलत सोचका साथ बदनाम गर्नेगरी कुप्रचार गरिएको प्रति पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

kasturi add.  

घटनापश्चात् पनि सामाजिक सञ्जालमार्फत् पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै बिथोलिएको एमालेको ठहर छ । नगरप्रमुख साम्पाङकै अभिव्यक्तिले गर्दा भएको उक्त दिनको घटनामा संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई विभिन्न जातिगत आक्षेप लगाउँदै जातीय सद्भाव बिथोल्न खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बराह सहकारी सँस्थाका सञ्चालक तथा शेयर सदस्यहरु कुनै न कुनै राजनीतिक दलका कार्यकर्ता, समर्थक, सुभेच्छुक हुनुले सृजना भएको आर्थिक समस्या र समाधानका लागि गरिएको संघर्षसँग कुनै पनि प्रकारको राजनीतिक सम्बन्ध नरहेको पनि एमालेले प्रष्ट पारेको छ ।

लगानी गरिएको बचत रकम असुरक्षित हँुदै गर्दा बचत गरिएको रकम असुल्न पार्टीको कुनै तहका नेता कार्यकर्ताले पार्टीमा जानकारी गराएर संघर्ष समिति गठन नगरिएको कुरा एमालेले स्पष्ट पारेको छ । बराह सहकारी मात्र नभएर अन्य सहकारी सँस्थाहरुमा समेत जनताको पैसा डुबेको बताउँदै सहकारीबाट पीडितहरुको रकम फिर्ता र न्याय दिलाउन नगर सरकारलाई एमालेले अनुरोध गरेको छ  ।