काठमाडौँः मदन भण्डारी स्कुल अफ एसियाको आयोजनामा ३ हप्ते क्लोज क्याम्प सुरु भएको छ ।

सोमबारबाट सुरु भएको क्याम्पेन २१ दिनसम्म सञ्चालन हुने बताइएको छ ।  क्याम्पमा विश्व कम्युनिस्ट पार्टीका विभिन्न देशका नेताहरूको सहभागिता रहेको छ । क्याम्पमा अर्जेन्टिना,ब्राजिल, युएस, स्पेन, वास्क कन्ट्री, घाना, थाइल्याण्ड, मलेसिया, श्रीलंका, पाकिस्तान, बंगलादेश, प्लालेस्टाइन  र नेपालका ६० जनाको सहभागिता रहेको आयोजक सँस्थाका माधव पन्तले बताए ।

क्याम्पमा समाजवादी शिक्षण सिकाइको प्रयोग गरिने बताइएको छ ।  जसभित्र अनिवार्य श्रम गर्ने, साँस्कृतिक रात्रिहरू सञ्चालन गर्ने विभिन्न देशका सँस्कृतिलाई प्रदर्शन गरिने, क्रान्ति, वर्ग संघर्ष, कम्युनिस्ट घोषणापत्र, पूँजीवाद र साम्राज्यवादका विरुद्ध समाजवादको पक्षसँगका छलफलहरु गर्दै कम्युनिस्ट आचरणलाई जोगाउने कामको सिकाइ हुने स्कुल अफ एसियाका अध्यक्ष बलराम बाँस्कोटाले बताए ।

premier add.

विश्वमा १५ वटा माक्र्सवादी स्कुलमध्ये एसियाकै नेपालमा मात्र मदन भण्डारीको नाममा रहेको मदन भण्डारी स्कुल अफ एसियाले माक्र्सवादको महत्वपूर्ण र गहिरो अध्ययन गर्दै आएको जसमा अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीहरूको सहभागिता रहेको स्कुल अफ एसियाका संयोजक प्रमेश पोख्रेलले बताए ।

प्रशिक्षणमा विश्व कम्युनिस्ट पार्टीका विभिन्न देशका नेताहरुसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ,सम्मानित नेता झलनाथ खनाल, उपमहासचिव डा. विजय पौडेलसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले सहजीकरण गर्ने कार्ययोजना रहेको छ । 

kasturi add.

कार्यक्रमको उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिस्ट आन्दोलन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कार्यक्रमले कम्युनिस्ट आन्दोलनको अवस्थासहित ज्ञान आर्जन गर्ने महत्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गरे । 

स्कुल अफ एसियाका अध्यक्ष बलराम बाँस्कोटाको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको थियो ।