इलामः वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेर बेपत्ता बनेका एक व्यक्तिको मलेसियामै मृत्यु भएको छ ।
३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका इलामको सन्दकपुर गाउँपालिकाको सुलुबुङका नन्दकुमार शिवाकोटीको गत मङ्सिर १६ गते मृत्यु भएको परिवारले जनाएको छ । उनको मृत्यु कारण भने नखुलेको बताइएको छ ।
शिवाकोटीको शवलाई आजै थाई एयरमार्फत् नेपाल ल्याइने तयारी भइरहेको बताइएको छ । पाँचथर स्थायी घर भएका शिवाकोटी केही वर्षअघि मात्र इलाममा बसाइँ सरी आएका थिए । उनका श्रीमती र ६ जना छोरी रहेका छन् ।