इटहरीः आदिवासी जनजाति महासंघ प्रदेश १ को विस्तारित बैठकमा सहभागी हुन सुनसरीतर्फ आइरहेका पूर्वमन्त्री कृपासुर शेर्पा सवार कार दुर्घटना हुँदा मन्त्री शेर्पासहित पाँच जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका १४, चन्दनपुरमा भएको दुर्घटनामा परी मन्त्री शेर्पासहित एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पेम्बा गुरुङ, देवराज राई र गणेश थापा घाइते भएका छन् ।
गम्भीर घाइते देवराज र गणेशसहित चार जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । बा २ च ९००३ नम्बरको कार दुर्घटना दुर्घटनामा परेको हो ।