धरान: धरानमा आयोजित मृगौला र मुटुसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा २ सय ६७ जनाले सेवा लिएका छन् ।
शुक्रबार गोरखा बचत तगा ऋण सहकारी सँस्थाद्वारा सञ्चालित शिविरमा २ सय ६७ जनाले स्वास्थ्य परीक्षण गराएको सँस्थाका अध्यक्ष मानबहादुर राईले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्वको सिद्धान्तअनुसार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।
उनले भने, ‘स्थापना दिवस जेठ १ गते हो तर स्थानीय निर्वाचनका कारणले रोकिएको थियो ।’ केएचडीसी नेपालको विशेष सहयोगमा शिविर सञ्चालन गरेको सहकारी सहसचिव तथा कार्यक्रम संयोजक नविन राईले बताए । डा. संजिव शर्माको समूहले शिविरमा आएका बिरामीको परीक्षण गरेको थियो । सहकारीले असार १७ गतेदेखि २ दिवसीय बङ्गुरपालक कृषकलाई क्षमता अभिवृद्धि तालिम पनि दिएको थियो ।