इटहरीः संखुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मलामी बोकेर दुम्कानजिकै दुर्घटना भएको ट्याक्टरमा ४४ जना सवार रहेकोमा ४२ जना घाइते भएका हुन् ।
घाइतेहरुलाई उपचारार्थ मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल संखुवासभा पठाइएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले जानकारी दिए ।
ट्याक्टरका चालक चैनपुर नगरपालिका १० का ३४ वर्षीय मोहनकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले घाइतेहरुको उद्धार तथा विवरण संकलन सुरु गरेको प्रहरीले जनाएको छ । को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।