इटहरी: मोरङको विराटनगर महानगरपालिकाकी तत्कालीन नगर उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर, वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षसमेत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिका १५ स्थित रानी हेल्थ पोस्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माणमा गैरकानूनी लाभ तथा हानि पु¥याई भ्रष्टाचार गरेको पुष्टि गर्दै शुक्रबार विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध बिगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारका अनुसार भ्रष्टाचार आरोपितमा नगर उपप्रमुख कार्की, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारी, शहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सवइन्जिनियर इफतेखार आलम छन् । अख्तियारले तत्कालीन प्रशासकीय अधिकृत अधिकारीसहित पोखरेल, प्रधान र आलमलाई १० लाख ५५ हजार ९ सय ७९ रुपैयाँ बिगो असुलउपर गर्न मागदाबी गरेको छ ।

mag dabi.

यस्तै पोखरीमा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष बलदेव साहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेमाथि पनि भ्रष्टाचार मुद्दा लागेको छ ।
उपभोक्ता समितिका अध्यक्ष सुडी, सचिव आचार्य र कोषाध्यक्ष घिमिरेमाथि १० लाख ५५ हजार ९ सय ७९ रुपैयाँ बिगो असुलउपर गर्न मागदाबी गरिएको छ । महानगरपालिकामा पेस भएको झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनका आधारमा ती कागजातहरु स्वीकृत गरी भुक्तानी दिएर आरोपितहरूले १० लाख ५५ हजार ९ सय ७९ रुपैयाँको नोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।

तत्कालीन नगर उपप्रमुख कार्की र विराटनगर महानगरपालिका १५ का तत्कालीन वडाध्यक्ष आलमले माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भए पनि रोलर मेसिनबाट गरिएको कामलाई अनुगमन प्रतिवेदनमा उल्लेख नगरी गलत मूल्याङ्कनका आधारमा ५ लाख ८ हजार ६ सय ६९ रुपैयाँ नोक्सानी पु¥याएको ठहर गर्दै उनीहरुमाथि सोही बराबर बिगो र जरिवाना असुल गर्ने मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारले बताएको छ ।