इटहरीः झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीबाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय नोसाद मोहम्मद रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आज बिहान ११ः०० बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले सुरक्षा जाँचको क्रममा मोहम्मदको साथबाट १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको थियो ।

यसरी लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका अभियुक्त मोहम्मदउपर ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।