इटहरीः नाबालिग तथा बालिगको बलात्कारसम्बन्धी मुद्दामा हदम्याद क्रमश १ वर्ष र २ बर्ष बढाउने सहमति भएको छ ।

प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिले यौन हिंसाको विरुद्धमा ऐन संशोधन गर्न बनेको विधयेकमाथिको छलफलमा हद म्याद बढाउने सहमति गरेको हो ।
सो सहमतिपछि अब बलात्कार मुद्दामा हद म्याद बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष कायम भएको छ । समितिले जुटाएको सहमितअनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको १८ वर्ष पूरा भएको ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्न पाउने भएका छन् ।

यस्तै बालिगको हकमा भने घटना भएको दुई वर्षभित्र उजुरी गर्नुपर्ने व्यवस्था गरिएको छ । थुनामा रहेको वा अपहरणमा रहेको अवस्थामा बलात्कारमा परेको भए थुनामुक्त वा अपहरणमुक्त भएको दुई वर्ष ३ महिनाभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हदम्याद हटाउनुपर्ने माग गर्दै आएका थिए ।
यसैगरी, अपाङ्गता भएका, जेष्ठ नागरिक र बौद्धिक अपाङ्गता भएका व्यक्तिले भने घटना भएको ३ वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको बताइएको छ ।