इटहरीः ललितपुरमा २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सप्तरी र मोरङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–४ इमाडोल सेतीपाखा बस्दै आएका सप्तरी कञ्चनरूप नगरपालिका–१० का २५ वर्षीय मोआत हुसेन र मोरङको बूढीगंगा गाउँपालिका–५ का ३५ वर्षीय इलिभास मिया रहेका छन् ।

उनीहरूले ती महिलालाई इमाडोल सेतीपाखास्थित आफ्नो कोठामा लगेर बलात्कार गरेको खुलेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले दुवैजनालाई गोदावरी नगरपालिका–१ गोदामचौरबाट पक्राउ गरेको हो ।