इटहरीः झापाको झापा गाउँपालिका–३ बाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–३ का २२ वर्षीय फरमान अली र झापा गाउँपालिका–४ का ३२ वर्षीय मनोज गणेश रहेको १ नम्बर प्रदेश प्रहरी कर्याालय विराटनगरले जनाएको छ ।
हिजो दिउँसो इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले सुरक्षा जाँचको क्रममा उनीहरुको साथबाट १३ ग्राम ब्राउनसुगर र सोको तौल लिन प्रयोग गरिने डिजिटल तराजु १ थान बरामद गरेको हो ।
ब्राउनसुगरसहित पक्राउ परेका दुवै जनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।