इटहरीः सरकारी व्यवस्थापनको कृषि विकास बैंक लिमिटेडले १ सय ५२ जना कर्मचारी पदपूर्ति गर्न आवेदन आव्हान गरेको छ ।
बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भन्दै लोकसेवा आयोगको सहमतिमा कर्मचारीको माग गरेको हो । शुक्रबार एक सूचना जारी गर्दै बैंकले एक सय ५२ कर्मचारीका लागि दरखास्त आह्वान गरेको जनाएको छ ।
बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ जना व्यवसाय अधिकृत (अधिकृत), १७ जना कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ जना कर्जा अधिकृत मागेको छ । त्यसैगरी, बैंकले २३ जना व्यवसाय सहायक, ६ जना कानून सहायक, ५ जना ऋण सहायक र ४ जना लेखापालका लागि दरखास्त आह्वान गरेको छ ।
सूचनाअनुसार खुल्लातर्फ ८२ सिटका लागि आवेदन माग गरिएको छ भने बाँकी आरक्षण तर्फबाट पदपूर्ति हुने जनाइएको छ । बैंकको वेबसाइटमा गएर थप जानकारी लिन सकिने बैंकले जनाएको छ ।