इटहरीः १ नं. प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मोरङबाटलेनदेन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ ।

पक्राउ पर्नेमा विराटनगर – ०५ का ५० वर्षीय भरौसी चौधरी रहेका छन् । चौधरीलाई जिल्ला अदालत मोरङको २०७८ चैत ०३ गतेको आदेशले १ महिना कैद र ५ हजार जरिवाना तोकिएको थियो ।

अदालतबाट सजाय तथा जरिवाना तोकिए पनि हालसम्म फरार रहँदै आएका चौधरीलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा बिहीबार बिहान पक्राउ गरिएको थियो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशमा तोकिएको कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाइएको छ ।