धरानः जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले चार बुँदे माग सहित धरान उपमहानगरपालिकाका मेयर र उप मेयरलाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएको छ ।
बिहीवार पार्टीको धरान उपमहानगरमा उपलब्ध अध्यक्ष ताजुप लिम्बु सचीव शम्भु राई सहित प्रदेश स्तरिय नेता सहितको एक टोलिले मेयर हर्क साङ्पाङ र उप मेयर आईन्द्र बिक्रम बेघालाई बुझाएको हो । पार्टीले राष्ट्रिय परिचयपत्र वडा स्तरबाट उपलब्ध गराउन,फोटो सहितको मतदाता नामावली संकलन ईलाका प्रशासन कार्यालयमा जनशक्ति अभाव भै दैनिक पचास भन्दा बढिको काम नहुँदा स्थानीयले सास्ती भोगेको,चिन्डे डाँडामा बनेको भ्यु टावरले पहिरोको जोखिम भएको र सुकुम्बासीलाई धनिपुर्जाको लागि तत्काल पहल गर्न माग गरेको छ ।
ज्ञापनपत्र बुझेपछि मेयर र उप मेयरले चारै वटा बुँदामा गम्भीरता देखाए । सुकुम्बासी समस्याको लागि कार्यपालिकामा छलफलको एजेन्डा राखेको तर दल भित्र थप छलफल गर्नुपर्ने माग राखेको कारण अर्को कार्यपालिका बैठकमा लगिने कुरा मेयर उप मेयरले बताए । भ्युटावरको बिषयमा अघिल्लो दिनमा पनि कुरा लिएर आएको मेयरले जानकारी दिए । उप मेयर बेघाले सुकुम्बासीलाई धनिपुर्जा बितरण गर्न सुनसरी जिल्लामा नै धरानबाट बितरण गर्ने लक्ष्य रहेको बताए ।
ज्ञापनपत्र बुझाउन पार्टीका प्रदेश सदस्य तेन्जिङ शेर्पा,उपाध्यक्ष हेमराज जिमि सहसचिव सिता राई,सुमन चेम्जोङ,कमला रुम्दालि लगायतका नेता कार्यकर्ताहरुको उपस्तिथि रहेका थिए ।