विराटनगर:  स्थानीय युवा, स्काउट तथा स्वयमसेवकहरुको विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित दुई दिवसीय कार्यक्रमको समापन बिहीबार प्रदेश १ सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले गरेकी हुन् ।

कार्यक्रमको समापन गर्दै राज्यमन्त्री तुम्बाहाम्फेले स्काउट सरकारकै अंग भएकाले विपद्को समयमा परिचालन गर्नका लागि सरकारकै श्रोतसाधनले जनशक्ति तयार गर्नुपर्नेमा जोड दिइन् । उनले स्काउटलाई राजनीतिकरण नगरी विशुद्ध सामाजिक कार्य, सेवामा लाग्नुपर्नेमा जोड दिइन् ।

WhatsApp Image 2022-07-07 at 5.16.14 PM

कार्यक्रमको उद्घाटन बुधबार आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले गरेका थिए । अभिमुखीकरण कार्यक्रममा प्रशिक्षकहरुले स्काउटले स्काउटको मर्म र भावना अनुसारका काम गरी आफू सभ्य हुँदै सभ्य समाज निर्माण गर्नुपर्ने बताएका छन् ।