इटहरीः इटहरीको प्रिमियर होटल स्कुलमा होटल म्यानेजमेन्टको अध्ययन गरेकी प्रतीक्षा सिग्देल अहिले माल्दिभ्सको एउटा पाँचतारे होटलमा ह्युमन रिसोर्स अर्थात् मानव शंसाधन विभागमा कार्यरत छिन् । होस्टेजको रुपमा माल्दिभ्स पुगेकी प्रियंका केही फुड एण्ड बेभरेज र केही पाहुना स्वागतसत्कार अर्थात् गेस्ट रिलेसनको अनुभव लिएपछि ह्युमन रिसोर्स अफिसरको रुपमा पदस्थापित भएकी हुन् ।
प्रियङ्काजस्तै प्रिमियर होटल स्कुलमै अध्ययन गरेकी इटहरीकी अनिसा दाहाल अहिले संयुक्त अरब इमिरेट्सको दुबईमा एउटा राम्रो कम्पनीको आउटलेटमा सुपरभाइजरको रुपमा काम गरिरहेकी छन् । आफूलाई प्रिमियरले धेरै कुरा सिकाएको बताउने अनिसा आफ्नो अध्ययन सकाएपछि इन्टर्नसिपको लागि दुबईकै रिक्सस् होटलमा गएकी थिइन् ।
सुनसरीकै इनरुवाकी भुमिका थापा प्रिमियरमै आफ्नो होटल म्यानेजमेन्ट सकाएर युएईमा आफ्नो जागिरे जिन्दगी बिताउँदैछिन् । संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी अवुधावीमा रहेको सादियात रोतना रिसोर्टमा कार्यरत भूमिका आफूजस्तै प्रोफेसनल बन्नका लागि प्रिमियर होटल स्कुल जोइन गर्न अरुलाई आग्रह गर्छिन् ।
भोकेसनल तालिमपछि रोजगार बन्न सकिने बजारले मागेको जनशक्ति उत्पादनमा अग्रणी भूमिका निर्वाह गरिरहेको प्रिमियर ग्रुपले अहिले प्रिमियर होटल स्कुल, प्रिमियर ग्लोबल स्कुल र प्रिमियर कलेज गरी तीन ओटा शैक्षिक सँस्था सञ्चालन गरिरहेको छ । सीपमूलक तालिम र पढाइ सञ्चालन गरिरहेको प्रिमियर होटल स्कुल इटहरीले स्थापनाको ६ वर्षमै ठूलो फड्को मारेको छ । यस सँस्थाले होटल म्यानेजमेन्ट, कलिनरी आर्टस अर्थात् पाक शिक्षाका साथमा बारिस्टा तथा बारटेन्डरलगायत सीटीईभीटीका अन्य कोर्षसमेत गराउने गरेको छ ।
छोटो समयमै पैसा आर्जन गर्न सकिने भोकेसनल (व्यावसायिक) तालिम सञ्चालन गरेर होटल तथा पर्यटन क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादनमा केन्द्रित भएको प्रिमियर होटल स्कुलले स्थापनाकालदेखि हालसम्म ४ सय ७७ जनालाई युरोप, अमेरिका र मध्यपूर्वी मुलुकमा रोजगार बनाउन सफल भएको प्रिमियर ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुनिल भुसाल बताउँछन् । छोटोभन्दा छोटो समयमा तालिम सञ्चालन गरेर तुरुन्त कमाइ गर्न चाहनेहरुका लागि सीप र अन्तर्राष्ट्रिय होटल र पर्यटनका क्षेत्रमा जागिर पाउन अन्तर्वार्ता तयारी गराउने गरेको र लामो समय तालिम लिएर एकाडेमिक योग्यता हासिल गर्न चाहनेहरुका लागि समेत विशेष प्रकारको कक्षा सञ्चालन गर्ने गरेको प्रमुख कार्यकारी अधिकृत भुुसालले बताए ।
प्रिमियर ग्रुपअन्तर्गत प्रिमियर होटल स्कुललाई होटल म्यानेजमेन्टको कलेजको रुपमा विकास गरिएको छ । गुणस्तरीय वातानुकूलित कक्षा कोठा, उच्चकोटिका शिक्षण सिकाइ सामग्री र ल्याब, स्किल टेस्टिङ्ग, उच्चस्तरीय सिकाइको लागि प्रयोग गरिने भान्सा र खानाको सुविधा भएको प्रिमियर होटल स्कुल अहिले इटहरीको मात्र नभएर प्रदेशकै होटल म्यानेजमेन्टको पढाइ रोज्ने विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ । त्यसो त प्रिमियरले विद्यार्थीलाई एकोहोरो पढाउने काम मात्र गर्दैन, यसले त विद्यार्थीलाई विश्वका नाम चलेका होटलमा इन्टर्नसिपको अवसर पनि दिलाउँछ र भविश्यमा कसरी अगाडि बढ्न सकिन्छ भनेर काउन्सिलिङ्ग (परामर्श) समेत दिने गरेको छ ।
आफूहरुले पढेर बसेका, छिटो कमाउनुपर्ने आवश्यकता भएका र एकाडेमिक योग्यता पूरा गर्नुपर्ने सबै प्रकारका विद्यार्थीलाई उनीहरुको आवश्यकता अनुसारका तालिमहरु दिएर सेवा गर्ने गरेको भुसालको भनाइ छ । उनका अनुसार अहिलेसम्म प्रिमियरमा अध्ययन गरेका ४७७ जना विद्यार्थी विश्वका २१ वटा देशमा रोजगारका लागि गइसकेका छन् भने कतिले देशमै आफ्नै रेष्टुरेन्ट तथा होटल व्यवसाय सञ्चालन गरिरहेका छन् । त्यसो त देशकै पनि नाम चलेका तारे होटलहरुलाई चाहिने योग्य जनशक्ति प्रिमियरले उत्पादन गरेको छ । प्रिमियर होटलमा सिकेका विद्यार्थीहरु न्युजिल्याण्ड, अमेरिका, अष्टे«लिया, मलेसियादेखि लिएर मध्यपूर्वका देशमा रोजगारी गरिरहेको र एक जनाले कम्तिमा ८० हजारदेखि लिएर मासिक ३ लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको भुसालले प्रदेश पोर्टललाई बताए ।
‘प्रायःजसो नेपालीहरुले सिपमुलक पढाइभन्दा पनि कलेज पढ्ने र ब्याचलर, मास्टर्स गर्ने अनि बस्ने चलन छ । तर त्यसोभन्दा सीपमूलक पढाइ पूरा गरियो भने चाँडोभन्दा चाँडो रोजगार बन्न सकिन्छ । त्यो सोचाइको विकास अहिलेसम्म भइसकेको छैन । ’ भुसालले भने । त्यसो त प्रिमियरले अहिले विद्यार्थीलाई कमाउँदै पढ्दै भन्ने अवधारणाअनुसार नेपालको कुनै पनि विद्यालयबाट एसइईमा ५० प्रतिशत अंक ल्याएर कक्षा १२ उत्तीण गरेका विद्यार्थीलाई तीन वर्षे डिप्लोमा होटल इन म्यानेजमेन्ट कोर्षको लागि मलेसिया पठाउने र त्यहाँ बिहान कलेज पढ्ने अनि दिउँसो होटलमा इन्टर्नसिपको रुपमा काम गर्नेगरी नयाँ सम्भौता गरेर आएको छ ।
जसअनुसार विद्यार्थीले मासिक ४५ हजारदेखि लिएर ५० हजारसम्म कमाइसमेत गर्ने र तीन वर्षमा पढ्दै काम गर्दै गर्दा आफ्नो पढाइ खर्च कटाएर ८ लाख देखि १० लाख रुपैँया कमाउनसमेत सक्ने प्रिमियर होटल स्कुलले बताएको छ । सोही प्रयोजनका लागि आफूहरुले मलेसियाका ५२ वटा पाँचतारे होटलसँग सम्झौता गरिसकेको प्रिमियर ग्रुपको भनाइ छ । युरोपियन टेक्निकल एण्ड भोकेसनल एकाडेमी, सीटीईभीटी तथा गेट भोकेसनलसँगको सहकार्यमा भोकेसनल तालिम सञ्चालन गरिरहेको प्रिमियर होटल स्कुल विद्यार्थीको उज्वल भविश्यको लागि पहिलो पाइला भएको प्रिन्सिपल सुवास लुइँटेल बताउँछन् ।
प्रिमियरले डिप्लोमा इन कलिनरी आर्ट, डिप्लोमा इन होटल म्यानेजमेन्ट मात्र नभएर छोटो अवधिमा सिक्न सकिने बारटेण्डिङ्ग, बरिष्टा कफि मेकर, फुड एण्ड बेभरेज सर्भिस, रुम डिभिजन तथा पाक शिक्षासम्बन्धी सम्पूर्ण कोर्षहरु सञ्चालन गर्ने गरेको प्रिन्सिपल लुइँटेलले बताए । छोटो अवधिमा सीप सिकेर तुरुन्त सोही अनुरुपको आफ्नो व्यवसाय गर्न तथा स्वदेश तथा विदेशमा रोजगारको लागि समेत जनशक्ति तयार हुने दाबी प्रिमियरले गरेको छ ।