इटहरीः नेपाली सेनाले निर्माणको जिम्मा पाएको तीन सय ९० किलोमिटर लामो रानी किमाथाङ्का सडकको किमाथाङका (च्याम्ताङ–घोङगप्पा) खण्डको निर्माण नेपाली सेनाले निर्धारित समयमै सम्पन्न गर्ने भएको छ ।

संखुवासभा जिल्लामा पर्ने सो खण्डमा रहेको ६५ मिटरको पहाड फोडेर ट्रयाक खोल्ने काम सकिएको बताउँदै सेनाले आयोजना समयमै सम्पन्न हुने जनाएको छ । हालसम्म पाँच सय मिटर सडक स्तरोन्नतिको कामसमेत सम्पन्न भएको बताउँदै आयोजनाका साइट इन्जिनियर सहसेनानी रमेश आचार्यले निर्माण गरिसकेको सडक भत्किएर निर्माण सम्पन्न गर्न ढिलाइ भइरहेको बताए ।

२०७५ सालको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना ट्रयाक निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिएको थियो। जिम्मेवारी पूरा गर्न २०७७ साल माघ २४ गते गाउँपालिका–२ स्थित च्याम्ताङ र चुमसुरमा सेना तैनाथ भई सडक निर्माण कार्य सुरु गरेको हो । रानी किमाथाङ्का सडक निर्माण भए भारत र चीन दुवै देशसँग सडक सम्पर्क स्थापित भई व्यापार बढ्ने विश्वास लिइएको छ ।