इटहरीः मोरङको विराटनगर महानगरपालिका ११ स्थित बसपार्कको प्रतिक्षालयमा एक पुरुषको शव फेला परेको छ ।
बिहान करिब ६ः०० बजे अन्दाजी ५०–५५ वर्षीय पुरुषको शव फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार शव कोसी अस्पतालको शवगृहमा राखिएको छ ।
शवको सनाखत हुन नसकेको बताउँदै प्रहरीले शवको प्रकृति हेरी पहिचानमा सहयोग गरिदिन पनि अनुरोध गरेको छ । बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका पुरुषको बिहान शव भेटिएको हो । शव रहेको स्थानदेखि केही पर विषको बट्टासमेत भेटिएको जनाउँदै प्रहरीले घटनाबारे अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।