इटहरीः मोरङको जहदा गाउँपालिका ३, हात्तीबन्दामा स्थानीय सिंघिया खोलामा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ४०–४५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार स्थानीयको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले घटनाबारे अनुसन्धान अगाडि बढाएको छ । शवाको पहिचान खुलाउने प्रयाससमेत जारी रहेको प्रहरीको भनाइ छ ।