लन्डन: बेलायतको सर्वोच्च अदालतले कामदारको शोषण गर्ने कूटनीतिज्ञलाई कूटनीतिक उन्मुक्ति दिन नसक्ने फैसला गरेको छ ।
यसलाई आधुनिक दासताविरुद्ध अभियन्ताको विजयको रूपमा लिइएको छ । सामान्यतया कूटनीतिज्ञहरू उनीहरूलाई खटाइएका मुलुकमा फौजदारी अभियोग र सार्वजनिक मुद्दाबाट सुरक्षित रहने गर्छन् ।
तर, हालै बेलायतको सर्वोच्च अदालतले लन्डनमा एकजना फिलिपिनी महिला घरेलु कामदारलाई शोषण गरेको आरोप लगाइएका एकजना साउदी कूटनीतिज्ञलाई कानुनी प्रत्याभुति दिन अस्वीकार गरेको छ । यस निर्णयले ती महिलाले क्षतिपूर्ति पाउने बाटो खुला गरिदिएको छ ।
ती साउदी कूटनीतिज्ञविरुद्ध ३० वर्र्षीया जोसेफाइन वोंग नामक महिलाले मुद्दा दायर गरेकी हुन् । उनले आफूलाई खालिद बास्फार नामक ती व्यक्तिले आफू र आफ्नो परिवारका लागि आधुनिक दासको रूपमा काम गर्न बाध्य पारिएको आरोप लागएकी छन् ।
वोंगका वकिलले उनलाई फोहर फाल्न बाहेक अरुबेला कहिल्यै पनि घरबाट निस्कन नदिएको, जथाभावी गाली गर्ने गरिएको तथा सबैले खाएपछि उब्रेको खाना मात्र खान दिएको बताएका छन् । -बीबीसीबाट