इटहरीः पदाधिकारी तथा स्थायी कमिटीको टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको बैठक आज बस्ने भएको छ ।
बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको बैठकमा आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरुले उठाएका प्रश्नको प्रचण्डले जवाफ दिने कार्यसूची तय भएको बताइएको छ ।