इटहरीः झापाको मेचीनगर नगरपालिकास्थित काकडभिट्टा नाकामा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मीबीच घम्साघम्सी भएको छ ।

गएराति नेपाल प्रहरीले चेकजाँच गरी छोडेको सुपारी सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले रोकेपछि विवाद हुँदा दुई सुरक्षाकर्मीबीच धकेलाधकेल भएको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाल प्रहरीले तस्कारसँग मिलेर सुपारी पठाउन खोजेको र सशस्त्रले रोकेपछि सशस्त्र प्रहरीमाथि हातपात भएको स्रोतको दाबी छ ।

यसबारे झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई सोध्दा उनले दुई सुरक्षा निकायका सुरक्षाकर्मीबीच चिनजान नहुँदा सामान्य विवाद भएको बताए । सादा पोसाकका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच सामान्य विवाद भएको तर कुटपिट वा झडप भने नभएको उनको उनको दाबी छ ।