इटहरीः सरकारले हेवी इक्विपमेन्ट लिलाम बिक्री गर्ने भएको छ ।
आफूसँग रहेका इक्विपमेन्ट लिलामीको प्रकृयाबाट बिक्री गर्नका लागि हेवी इक्विपमेन्ट डिभिजन कार्यालयले २२ दिनको म्यादसहित सूचना सार्वजनिक गरेको छ ।
हेवी इक्विपमेन्टको न्यूनतम मूल्य १० लाख ५३ हजार रुपैयाँ निर्धारण गरी ३१ ओटा हेवी इक्विपमेन्ट बिक्री गर्न लागिएको कार्यालयले जनाएको छ ।