बराहक्षेत्रः नेपाल विधार्थी संघ सप्तकोसी बहुमुखी क्याम्पस कमिटीको कार्यबाहक अध्यक्षमा बिज्ञान लिम्बू चयन भएका छन् ।
उनलाई मंगलबार क्याम्पस कमिटीका सभापति लोमनाथ दाहालले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।
बिबिएस द्वितीय वर्षमा अध्ययनरत उनी यस्अघि उपाध्यक्षमा मनोनीत भएका थिए । बराहक्षेत्र ७ मा अबस्थित सप्तकोसी बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेबिसंघ गठन भएका छन् ।