इटहरीः इटहरीका पर्यटन व्यवसायी तथा होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले आज (बुधबार) पर्न गएको आफ्नो जन्मदिन इनरुवा स्थित एक नेत्र विहिनहरुको आश्रममा मनाएका छन् ।
करिव ३ दर्जन नेत्रविहिनहरु बस्ने गरेको इनरुवा स्थित आश्रममा जीवन संगीनी सहित पुगेका पर्यटनकर्मी पराजुलीले नेत्रविहिनहरुसँग केक काटेर जन्मदिन मनाएका हुन । जिवनमा गरिएको नविन कार्यले मनमा सन्तुष्टि दिएको पराजुलीले प्रदेश पोर्टललाई बताए ।
‘उहाँहरुसँग केक काटेर, चकलेट बाँडेर जन्मदिन मनाउँदा खुसी लाग्यो उहाँहरुले पनि आर्शिवाद दिनुभयो ।’पराजुलीले प्रदेश पोर्टलसँग भने । जन्म उत्सव पछि ‘जे सोचेर आउनु भयो त्यो पुरा होस’ भन्दै नेत्र विहिनहरुले आशिर्वाद दिएका थिए ।
जाडो महिनामा न्यानो कपडा लिएर पराजुली पहिले पनि उक्त आश्रममा पुगेका थिए । ‘त्यहाँ झण्डै तीन दर्जन नेत्र विहिनहरु हुनुहुन्छ आज १७ जना भेला हुनु भएको थियो ।’ पराजुलीले हामीसँग सुनाए । केक काटेर चकलेट बाँडिसकेपछि पराजुली दम्पतीले नेत्रविहिनहरुका लागी केही खर्च खाममा राखेर प्रदान गरेका थिए भने नजिकैको होटलमा उनिहरुका लागि खाना समेत ख्वाउन भ्याए ।