बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा डेङ्गु देखिएको छ । प्रकाशपुरको शान्ती चोककी एक जना महिलामा डेङ्गु देखिएको हो ।

डेङ्गु देखिएकी महिलालाई उपचारका लागि धरान स्थित विपी प्रतिष्ठान लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

वडा कार्यालयले डेङ्गी नियन्त्रणका लागि तत्काल औषधि छकर्नका लागी तयारी सुरु गरिएको वडा नम्बर १० का वडाध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिएका छन् ।