इटहरीः १ नं. प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुनसरीबाट मानव बेचबिखन तथा ओसार–पसार मुद्दाका फरार प्रतिवादीहरु २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई आज सुनसरी जिल्ला अदालतको आदेशमा कैद भुक्तानको लागि सुनसरी जिल्ला कारागार पठाइएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर का ३७ वर्षीय दिलकुमार बल तामाङ र धरान उपमहानगरपालिका वडा नं ०२ का ३० वर्षीय यादव बस्नेत रहेका छन् ।

उनीहरु दुवैलाई ६ दिन कैद सजाय गर्न जिल्ला अदालतले आदेश दिएको थियो । उनीहरुलाई खोजतालस गर्ने क्रममा गाउँघरमा नै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।