इटहरीः आज देशभर एक सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

दुई हजार सात २४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९० र एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ७१ पुगेको छ । २४ घण्टाको अवधिमा कोरोना संक्रमणकै कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले प्रष्ट पारेको छ ।