इटहरीः निर्वाचन आयोगले संघीय संसदको प्रतिनिधिसभा र प्रदेशको प्रदेशसभाको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सरकारलाई सुझाएको छ ।

आयोगले दुवै तहका निर्वाचन मङ्सिर २ गते एकै दिनमा सम्पन्न गर्न प्रस्ताव गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनको सरकारी निवास बालुवाटार पुगेका आयोगका अधिकारीहरुले प्रधानमन्त्री देउवासमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।

आयोगले प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, र सरकारका मुख्यसचिव शङ्करदास बैरागीसँग छलफल गरी एकै चरणमा निर्वाचन सम्पन्न गर्न सुझाव दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाले छिटै चुनावको मिति घोषणा गर्ने आश्वासन दिएको उनको भनाइ छ ।