विराटनगरः राष्ट्रिय साङ्केतिक भाषा दोभाषे सङ्घ नेपालको आठौँ वार्षिक साधारणसभा तथा क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन भएको छ ।

विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले उद्घाटन गरेको दुई दिने कार्यक्रम आज सकिँदैछ । तालीममा प्रदेशका ३६ दोभाषे प्रशिक्षकको सहभागिता रहेको छ । साङ्केतिक भाषामा २ हजार २ सय शब्द बोलिँदै आएकामा हाल चार हजार ७ शब्द बनेकाले तालीमको आवश्यकता परेको बताइएको छ ।