इटहरीः सुनसरीको भोक्राहा नरसिंह–५ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

आइतबार अपराहन्न ३ः३० पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २८ प ४०९३ नम्बरको मोटरसाइकल र दक्षिणबाट उतरतर्फ बाटो काट्दै गरेको को १९ प ९९६५ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा मोटरसाइकलमा सवार ४ जना घाइते भएका थिए ।

घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा को १९ प ९९६५ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह–५ बस्ने ४५ वर्षीय रजाक मियाको उपचारको क्रममा मृत्यु भएको र अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।