इटहरीः उदयपुरको त्रियुगा नगरपालिका–८ स्थित देउखुरीमा करेन्ट लागेर १ जना वृद्धको मृत्यु भएको छ ।
आज बिहान ४ः४५ बजे स्थानीय ६५ वर्षीय मन्तु चौधरीले पानी तान्ने मोटर जडान भएको ट्युवेल चलाउँदा अचानक करेन्ट लागि गम्भीर घाईते भएका थिए ।
घाइते चौधरीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।