इटहरीः पाँचथरको फालेलुङ गाँउपालिका–७ स्थित बिदिनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
शुक्रबार राति बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठसमेत पुरेको थियो । पहिरो गरएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्धार गर्ने क्रममा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगरलाई सकुशल उद्धार गरेको थियो ।
पहिरोमा पुरिई बेपत्ता भएकाहरुको खोजतलासको क्रममा ५५ वर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनकी ४२ वर्षीया श्रीमती गोमा मगर र दलप्रसादकी १९ वर्षीया नातिनी एलिसा मगरलाई आज बिहान मृत अवस्थामा फेला पारेको पारिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।