इटहरीः सुनसरीको रामधुनी नगरपालिका–३ सिघियास्थित नहरको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ ।

आज दिउँसो ११ः४५ बजे स्थानीय ५० वर्षीय मोहम्मद मियाँ नहरमा हातखुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए । उनलाई स्थानीयले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल इनरुवा लगेकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भइहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।