इटहरीः प्रदेश १ सरकारले विनियोजन विधेयक आज पारित गर्ने तयारी गरेको छ ।

विधेयकमाथि प्रदेशसभाले उठाएका प्रश्नहरुमाथि मुख्यमन्त्री र अन्य सम्बद्ध मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने क्रम हिजो सम्पन्न भएपछि आज विधेयक पारित गर्न लागिएको हो । विधेयकमाथि उठेका प्रश्नमाथि पाँच घण्टाको निरन्तर छलफलबाट मुख्यमन्त्रीसहितका १२ मन्त्रीहरुले प्रदेशसभालाई जवाफ दिएका थिए ।

सरकारको जवाफ सुनिसकेपछि सभामुख प्रदीपकुमार भण्डारीले खर्च कटौतिको प्रस्ताव पेस गर्न सरकारलाई आज मध्यान्न १२ः०० बजेसम्मको समय दिएका थिए । सो प्रस्ताव पेस भई निर्णयार्थ प्रस्तुत भएलगत्तै विनियोजन विधेयक पेस हुनेछ । बैठक अपराहन्न १ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।