इटहरीः संघीय संसदको आगामी निर्वाचनबारे छलफल गर्न नेकपा एमाले सचिवालयको बैठक बस्ने भएको छ ।

काठमाडौँको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हिान ११ः०० बजे बस्न लागेको बैठकमा अन्य समसामयिक विषयमाथि पनि छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार निर्वाचन प्रयोजनका लागि प्रचारका कामको व्यवस्थापन, वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनजस्ता सातवटा विषय बैठकको कार्यसूचीमा समावेश छ ।