इटहरीः आगामी संसदीय चुनावका एजेन्डाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

काठमाडौँको कमलाादीस्थित प्रज्ञा भवनमा बिहान ११ बस्ने बैठक बस्ने तय भएको पार्टीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीको पदाधिकारी चयन तथा स्थानीय चुनावको समीक्षा लगायतका अन्य एजेन्डा पनि प्रस्तुत हुनेछन् ।