इटहरीः देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ ।

देशभरको मौसममा सामान्य बदली रही अधिकांश स्थानमा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनेछ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन सर्वसाधारणमा अपिल गेको छ ।